६ असार / अर्थ र व्यापार - नेपाल धितोपत्र बोर्डले नेशनल हाइड्रोपावर कम्पनको सेयर कारोबारमा पनि रोक्का गरेको छ । बोर्डले नेप्सेलाई हाइड्रो सञ्चालक समितिको आधिकारिकताका सम्बन्धमा आवश्यक अनुसन्धान गर्न भन्दै सेयर कारोबार रोक्का गर्न निर्देशन दिएको हो । नेशनल हाईड्रो संचालक समितिले प्रबन्ध संचालक रामबहादुर तामाङ र सद्धंचालक प्रकाश रजौरेलाई सार्वजनिक सूचना मार्फत स्पष्टिकरण सोधेपछि नेशनल हाईड्रोको विवाद फेरि सुरु भएको थियो ।
नेशनल हाईड्रोले प्रबन्ध संचालक रामबहादुर तामाङको पदावधि सकिएकाले पदीय हैसियत अनुसार काम नगर्न भनेको थियो । रजौरेलाई पत्रमार्फत सोधिएको स्पष्टिकरणको जवाफ नदिएको भन्दै सार्वजनिक सूचना मार्फत जवाफ दिन तीन दिने म्याद दिएको थियो । कम्पनीले उनीहरु दुबैलाई आफुसँग रहेको ल्यापटप, लेटरप्याड, छापसहितका कागजातहरु पनि कम्पनीमा बुझबुझारथ गर्न समेत भनेको थियो । यस सम्बन्धमा धितोपत्र बोर्डमा उजुरी परे पछि छानबिन प्रकृया अघि बढेकोे छ ।
तपाईको प्रतिक्रिया