logo

ब्याज दर स्प्रेडको नयाँ शुत्र थप कडाइका साथ लागू गर्ने राष्ट्र बैंकको अडान

    1168   पटक पढिएको

 १३ पुस / अर्थ र व्यापार - गत बर्षबाट सुरु भएको त्रैमासिक समिक्षालाई निरन्तरता दिँदै राष्ट्र बैंकले ’ब्याज दर अन्तर सम्बन्धी व्यवस्थाको कार्यान्वयन थप प्रभावकारी बनाइनेछ’ भनेर उल्लेख गरेको छ।

राष्ट्र बैंकले ऋणपत्रमा गरेको लगानीलाई समेत जोड्न पाइने गरी निर्धारण गरिएको स्प्रेड दर शुत्रलाई परिवर्तन गरेर यस्तो आम्दानीलाई खारेज गरिदिएको छ। राष्ट्र बैंकले निक्षेप र ऋणको अन्तरलाई मात्रै स्प्रेड मान्ने भनेपछि बैंकहरुले विरोध गर्दै आएका थिए।

राष्ट्र बैंकका उच्च अधिकारीहरुसँगको प्रत्येक भेटमा उनीहरुले स्प्रेड दरमा पुरानै शुत्र कायम गर्न भन्दै आएका थिए। त्यही अनुसार राष्ट्र बैंकका अधिकारीले पुनर्बिचार गर्न सकिने भन्दै आएका थिए। तर मौद्रिक समिक्षामा भने थप प्रभावकारी गरिने भनेर कडाइको संकेत गरिएकोछ ।

अघिल्लो साता बैंकरलाई डाकेर पनि राष्ट्र बैंकले सुझाब मागेको थियो। त्यसबेला पनि राष्ट्र बैंकका अधिकारीहरुले पुनर्बिचार गरिने भनेका थिए। बैंकरले अहिलेको ब्यवस्था पुनर्बिचार नगर्ने हो भने बैंकहरुको नाफा २५ प्रतिशतले घट्ने छ। यसो हुँदा बैंकहरुलाई ब्यापार बिस्तार गर्न निक्कै गाह्रो हुने उनीहरुले तर्क गर्दै आएका छन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।