logo

नागबेली लघुवित्तको खुद नाफामा २८ लाख रुपैयाँले सुधार

    1493   पटक पढिएको

२३ बैशाख /अर्थ र व्यापार - नागबेली लघुवित्तद्वारा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा १५.५२ प्रतिशत अर्थात २८ लाख रुपैयाँले सुधार भएको हो । गत वर्ष लघुवित्तले एक करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लघुवित्तको खुद ब्याज आम्दानीमा सुधार गर्दा नाफा बढेको हो । चुक्ता पूँजी १६ करोड ७६ लाख ७९ हजार रुपैयाँ भएको लघुवित्तको जगेडा कोषमा १० करोड ८४ लाख रुपैयाँ सञ्चित छ ।

चैत मसान्तसम्म ३० करोड दुई लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ३२ करोड २९ लाख रुपैयाँ ऋण गरेर ८१ करोड ७५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । समीक्षा अवधिमा लघुवित्तले ५ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा दुई करोड ११ लाख रुपैयाँले बढी हो । गत वर्ष लघुवित्तले तीन करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपातमा भने बढेको छ । लघुवित्तको निष्कृय कर्जा अनुपात ४.२८ प्रतिशत पुगेको छ । गत चैतमा यस्तो अनुपात ३.७६ प्रतिशत थियो । लघुवित्तको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ३३ पैसा छ । मूल्य आम्दानी अनुपात ४७.९९ गुणा बढी छ ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।