२ जेठ/ अर्थ र व्यापार- नागरिक लघुवित्त वित्तीय संस्थाको वित्तिय विवरण सार्वजनिक भएको छ । तेस्रो त्रैमासमा ५९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको सोहिअवधिमा पनि ११ लाख रुपैयाँ नोक्सानमा नै रहेको थियो ।
७ करोड रुपैयाँ चुक्ता पुँजी भएको नागरिकले जगेडाकोषमा ३१ लाख रुपैयाँ नेगेटिभमा राखेको छ । जसले निक्षेपमा १ करोड ७६ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ९३ गुणाले वृद्धि गरी १६ करोड ३९ लाख रुपैयाँ लगानी गरेको छ ।
नागरिक लघुवित्तको खुद ब्याज आम्दानी १० गुणाले बढेर ३६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६५ लाख रुपैयाँ नोक्सानमा रहेको छ । जसले प्रोभिजनमा २० लाख रुपैयाँ राखेको छ भने खराब कर्जा ५ लाख रुपैयाँ उठाएको छ । नागरिक लघुवित्तको जोखिम युक्त सम्पत्ति ३२ दशमलव ८३ प्रतिशत रहेको छ ।
तपाईको प्रतिक्रिया