logo

नागरिक लघुवित्तद्वारा वित्तीय विवरण प्रकाशित, ४९ लाख ६४ हजार नोक्सान

    1116   पटक पढिएको

२१ माघ/ अर्थ र व्यापार  - नागरिक लघुवित्तले आर्थिक वर्ष २०७५र७६को दोस्रो त्रैमासम्ममा ४९ लाख ६४ हजार नोक्सानी ब्यहोरेको वित्तीय विवरण प्रकाशित गरेको छ । बनेपाको साँगामा केन्द्रीय कार्यालय रहेको उक्त लघुवित्तको गत असोजसम्ममा  नोक्सानी २२ लाख २७ हजार रहेको थियो । 

वि.सं. २०७४ साल माघ १५ गतेबाट वित्तीय कारोबार सञ्चालन गरेको नागरिक लघुवित्त व्यसायिक कारोबारले खर्च धान्न नसकेका कारण नोक्सानीमा गएको हो । ९० लाख निक्षेप संकलन र ५ करोड ८५ लाख बैंक तथा वित्ती संस्थाबाट सापटी लिएर कम्पनीले ८ करोड ८७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । 

यस अवधिमा लघुवित्तले १२ लाख २६ हजार खुद ब्याज आम्दानी गरेको छ । ४३ लाख कर्मचारी र २६ लाख अन्य सञ्चालन खर्च सहित ५१ लाख ७६ हजार सञ्चालन नोक्साीमा पुगेको कम्पनी २ लाख १२ हजार खराब कर्जा उठाउँदा ४९ लाख नोक्सानीमा झरेको हो ।

एक करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तमा ७० प्रतिशत संस्थापक शेयर स्वामित्व रहेको छ भने ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नेछ । चालू आवको पस मसान्तसम्ममा कम्पनी ३१ लाख ५६ हजार रुपैयाँ जगेडा नोक्सानीमा छ । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजत लिएको यस कम्पनी वि।सं २०७४ असार २५ गते पब्लिक कम्पनीमा दर्ता भएको थियो ।

लघुवित्तको कार्यक्षेत्र काभ्रेपलाञ्चोक सहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, नुवाकोट, गोर्खा, धादिङ, लमजुङ र तनहुँ गरि १० जिल्लामा रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।