१७ असार/अर्थ र व्यापार– नागरिक लगानी कोषको २६औं वार्षिक साधारण सभा शुक्रवार दिउँसो २ बजे कोषको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा हुने भएको छ ।
सभाले ९ प्रतिशत बोनस शेयर र ८ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असार ८ गते बन्द भइसकेको छ ।
असार ७ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनुका साथै साधारण सभामा भाग लिन पाउनेछन् ।
तपाईको प्रतिक्रिया