logo

नाडेप लघुवित्तको ६१ हजार २३६ कित्ता शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

    994   पटक पढिएको

२८ फागुन/ अर्थ र व्यापार  - नाडेप लघुवित्तले फागुन १९ गतेदेखि हकप्रदमा अवितरित शेयरमा बोलपत्र आह्वान गरेका थियो । लघुवित्तद्वारा लिलामीमा ल्याएको सर्वसाधारण समुहको ६१ हजार २३६ कित्ता शेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने फागुन २८ गते मंगलबार अन्तिम दिन रहेको छ ।
शेयर बजार घटिरहेको बेला लगानीकर्तामा प्रथामिक बजार जस्तै अक्सन मार्केटबाट सस्तो मूल्यमा नै शेयर सकार्ने अवसर अहिले लगानीकर्तामा रहेको छ । सोमबार नाडेपको शेयर दोस्रो बजारमा प्रतिकित्ता ६८४ रुपैयाँमा कारोबार भएको छ ।

बोलपत्र पेश गर्दा कम्पनीको बजारमूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्छ ताकि कटअफ मूल्य नजिकको मूल्यमा शेयर सकार्ने अवसर प्राप्त होस् । यस आधारमा लिलामीमा कबोल गरिने मूल्य र शेयर सकार्दा हुने फाइदाको विश्लेषण गरेर मात्र शेयरमा बोलपत्र पेश गर्नु उपयुक्त हुन्छ । बोलपत्र पेश गर्दा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्न सकिनेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढीको लागि १० अंकले भाग जाने संख्या वा अधिकत्तम सबै लिलामी शेयरमा आवेदन गर्न सकिनेछ ।

इच्छुक लगानीकर्ताहरुले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय नक्साल काठमाडौं, नाडेप लघुवित्तको इलाका कार्यालयहरु विराटनगर, पोखरा र बुटवलमा आवेदन पेश गर्न सकिन्छ । यस्तै नबिल बैंकको शाखा कार्यालयहरु आर्दशनगर वीरगञ्ज, विरेन्द्रनगर सुर्खेत, नेपालगञ्ज र मेनरोड धनगढीबाट फागुन १८ गते सम्ममा बोलपत्र पेश गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।