८ बैशाख /अर्थ र व्यापार - नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन परेको छ । लघुवित्तले यहि बैशाख २६ गते हुने चौथो बार्षिक साधारणसभामा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनलाई १.५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
लघुवित्तले बैशाख ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बैशाख ८ सम्म कायम शेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन तथा लाभांश पाउनेछन । यस्तै लघुवित्तले साधारणसभा बाट सर्वसाधारणको तर्फबाट २ जना संचालक चयन गर्ने, संचालक समितिलाई मर्जर तथा एक्विजीसनलाई अधिकार दिने लगायत छन । बोनस वितरण पश्चात लघुबित्तको चुक्ता पूँजी ३६ करोड ८० लाख पुग्नेछ ।
तपाईको प्रतिक्रिया