logo

नाडेप लघुवित्तद्वारा १ करोड ४२ लाख खुद नाफा आर्जन, प्रतिशेयर आम्दानीमा उच्च गिरावट

    1569   पटक पढिएको

१३ फागुन /अर्थ र व्यापार - नाडेप लघुवित्तको खुद नाफा गत वर्षको तुलनामा एक करोड ६३ लाख अर्थात् ५३.४४ प्रतिशतले घटेको छ । गत वर्ष ३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ४२ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । यस्तै लघुवित्तको प्रतिशेयर आम्दानीमा ३६ रुपैयाँ ८९ पैसाको गिरावट देखिएको छ । गत वर्ष ५४ रुपैयाँ ७३ पैसा प्रतिशेयर आम्दानी गरेको लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ रुपैयाँ ८४ पैसा प्रतिशेयर आम्दानी गरेको छ ।

चुक्ता पूँजी बढाएको कम्पनीको खुद नाफा घट्दा प्रतिशेयर आम्दानीमा उच्च गिरावट देखिएको हो । यस अवधिमा लघुवित्तले चुक्ता पूँजी ४२.८६ प्रतिशतले बढाएर ११ करोड २० लाख रुपैयाँबाट १६ करोड पुर्याएको छ भने जगेडा कोषमा २३.३८ प्रतिशतले सुधार गर्दै १९ करोड ८ लाख रुपैयाँ सञ्चित गरेको छ । लघुवित्तले निक्षेप संकलन ३२.४१ प्रतिशतले बढाएर ७३ करोड १४ लाखबाट ९६ करोड ८५ लाख पुर्याएको छ । कर्जा परिचालन ४१.७० प्रतिशतले बढाएर ३ अर्ब २८ करोड ७४ लाख रुपैयाँ गरेको छ । यसका लागि लघुवित्तले २ अर्ब ६ करोड ९५ लाख सापटी लिएको छ ।

यस अवधिमा लघुवित्तले २७ करोड ८९ लाख ब्याज आम्दानी र १५ करोड ९२ लाख ब्याज खर्च गरी ११ करोड ९७ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ८५ लाख २६ हजार अर्थात् ७.६७ प्रतिशले बढी हो । गत वर्षको यसै अवधिमा लघुवित्तले ११ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा लघुवित्तको कर्मचारी खर्च ८.६० प्रतिशतले बढेर ७ करोड १० लाख बाट ७ करोड ७१ लाख पुगेको छ भने अन्य सञ्चालन खर्च ५२.३२ प्रतिशतले बढेर एक करोड ५३ लाखबाट २ करोड ३४ लाख पुगेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात १.९६ बाट बढेर ४.३४ प्रतिशत पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ २९ पैसा र मूल्य आम्दानी अनुपात ४४.८४ गुणा बढी छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।