logo

नबिल बैंकको नाफा २ अर्ब ४ करोड, ६ महिनामा ब्यापार १२ अर्बले बढ्यो

    1134   पटक पढिएको

२८ माघ / अर्थ र व्यापार - बर्ष दिनसँग तुलना गर्ने हो भने नबिल बैंकको निक्षेप एक अर्ब ३७ करोड रुपैयाँले बढेको छ। तर पछिल्लो तीन महिनासँग तुलना गर्ने हो भने निक्षेप ८ अर्ब ६७ करोड रुपैयाँले घटेको छ।

गत असोज मसान्तसम्म बैंकसँग एक खर्ब ७२ अर्ब ९९ करोड रुपैयाँ निक्षेप थियो। पुस मसान्तमा आउँदा निक्षेप एक खर्ब ६४ अर्ब ३२ करोडमा खुम्चिएको छ। निक्षेप घट्नुको प्रमुख कारणमध्ये एनसेलले राजश्व तिर्नका लागि पैसा लग्नु पनि हो। 

चालु बर्षदेखि नै बैंकको निक्षेप घटिरहेको छ। असार मसान्तदेखि पुसम्म ४८ करोडले घटेको छ। बैंकले असार मसान्तदेखि असोज मसान्तसम्म निक्षेप बढाएको थियो। 

असार मसान्तमा १ खर्ब ६४ अर्ब रहेको निक्षेप असोजमा एक खर्ब ७२ अर्ब ९९ करोड पुगेको थियो। त्यसपछि बैंकको निक्षेप घटेको देखिन्छ। निक्षेप घटेपनि बैंकले ब्यापार बिस्तारमा राम्रो सुधार गरेको छ।

बैंकले निक्षेप ८ अर्ब ६७ करोडले घट्दा त्यही तीन महिनामा ऋण ५ अर्ब ९० करोडले बढाएको छ। पछिल्लो ६ महिनामा ऋण १२ अर्ब ११ करोडले बढाएको छ।

अहिले बैंकसँग सर्वसाधारणलाई गरेको ऋण लगानी एक खर्ब ४१ अर्ब पुगेको छ। यसले गर्दा बैंकको ब्याज आम्दानी पनि बढेको छ। तर खुद ब्याज आम्दानी भने बढ्न सकेको छैन। 

बैंकले चालु बर्षको पहिलो ६ महिनामा नाफा २ अर्ब ४ करोड रुपैयाँ गरेको छ। यो गत बर्षको तुलनामा ६ प्रतिशतले कम हो। कात्तिकदेखि पुससम्मको नाफा ९१ करोड ८२ लाख रुपैयाँ छ।

बैंकको खराब ऋण ०.६२ बाट १.७५ प्रतिशत पुगेको छ भने आधार दर पनि बढ्न थालेको छ। बैंकको धार दर ७.९४ बाट ८.१ प्रतिशतमा उक्लिएको छ। स्प्रेड दर ४.७७ बाट ४.९९ प्रतिशत पुगेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।