१८ असार / अर्थ र व्यापार - नबिल बैंकले संस्थापक शेयरमध्ये केहीलाई साधारणमा परिवर्तन गर्दै शेयर संरचना परिवर्तन गरेको छ । बैंकको ९० लाख २ हजार ५६६ कित्ता संस्थापक शेयर साधारणमा परिवर्तन गरिएको हो । अब संस्थापकको ७० प्रतिशतको हिस्सा ६० मा झरेको छ भने सर्वसाधारणको ४० प्रतिशत पुगेको छ ।
बैंकको गत फागुनको साधारणसभाले शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । शेयर संरचना परिवर्तन गर्ने स्वीकृति राष्ट्र बैंकबाट साधारणसभा अघि नै पाइसकेको थियो । तत्कालिन एनआईडिसी डेभलपमेन्ट बैंकले बोलकबोलमार्फत बिक्री गरेको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणभा परिणत गरिएको हो ।
तपाईको प्रतिक्रिया