१४ फागुन/ अर्थ र व्यापार - नबिल बैंकको मंगलबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १२ प्रतिशत बोनस पछि शेयरमूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार १२ प्रतिशत बोनस समायोजन पश्चात बैंकको सर्वसाधारण तर्फको शेयरमूल्य ७०८ रुपैयाँ ९३ पैसा र संस्थापक तर्फको शेयरमूल्य ६७० रुपैयाँ निर्धारण गरिएको छ । बैंकको औसत आधार मूल्य ११२१ रुपै्याँ ९६ पैसा कायम भएको छ । समायोजित मूल्यलाई आधार मानेर मंगलबार बैंकको शेयर कारोबार सुचारु हुनेछ । बैंकको साधारण शेयर जस्तै संस्थापक शेयर पनि कारोबार हुने गरेकाले दुबैको शेयरमूल्य समायोजन गरिएको हो ।
बैंकले फागुन २७ गते सञ्चालक समितिले प्रस्ताव गरिको २२ प्रतिशत नगद तथा १२ प्रतिशत बोनस सहित कूल ३४ प्रतिशत लाभांश पारित गर्ने तयारी गरेको छ ।
तपाईको प्रतिक्रिया