११ भदौ / अर्थ र व्यापार – नबिल बैंकले ४८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको भदौं ९ गते बसेको सञ्चालक समितिले ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
बैंकको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत र बैंकको आफ्नो बार्षिक साधारण सभाबाट पारित हुन बाँकी छ । गत आवमा ३ अर्ब ६२ करोड नाफा कमाएको बैंकले यही नाफाबाट मात्रै ४६ प्रतिशत लाभांश दिनसक्ने देखिएको थियो । हाल बैंकको ६ अर्ब १८ करोड चुक्ता पुँजी रहेको छ ।
तपाईको प्रतिक्रिया