logo

नबिल बैंकको चाडपर्व लक्षित योजना सार्वजनिक

    1575   पटक पढिएको

२ असोज/  अर्थ र व्यापार- नविल बैंकले चाडपर्व योजना सार्वजनिक गर्दै निक्षेपलाई प्रोत्साहान दिने कर्जा पनि सस्तो ब्याजदरमा उपलब्ध गराउने गरी आकर्षक योजना सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत बैंकले १३ देखि २४ महिनासम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९ प्रतिशत ब्याजदर दिने जनाएको छ । 

त्यसैगरी १ वर्र्षसम्मको मुद्दती खातामा बैंकले ८.५ प्रतिशत र २ वर्षभन्दा माथि र ५ वर्र्षसम्मको व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५ प्रतिशत ब्याजदर उपलब्ध गराउने बैंकले जनाएको छ । अझ ५ वर्षभन्दा माथिका व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५० प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ । बैंकले निक्षेपलाई प्रोत्साहन गर्नेमात्रै होइन, कर्जा समेत सुलभ ब्याजदरमा उपलब्ध गराउने जनाएको छ । बैंकले दिएको जानकारी अनुसार घर कर्जा ७.४९ प्रतिशतमा नै उपलब्ध गराउनेछ ।

त्यसैगरी धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा ७.९९ प्रतिशत, साना तथा मझौला कर्जामा एक करोड सम्मको कर्जामा ७.४९ प्रतिशत र एक करोड भन्दा माथिको कर्जामा ७.९९ प्रतिशतमा उपलब्ध गराउने बैंकले जनाएको छ । यस योजना अन्र्तगत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने समेत बैंकले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।