२४ चैत्र /अर्थ र व्यापार - नबिल बैंकद्वारा नबिल म्युचुलअ फन्डको सार्वजनिक निष्कासन गरिएको छ । यो बैंकले १० करोड २० लाख इकाईको प्रति कित्ता १० रुपैयाँका दरले नबिल ब्यालेन्सड् फन्ड २ को सार्वजनिक निष्कासन गरेको हो ।
यो बैंकले न्युनतम एक सय ईकाइको लागि आवेदन दिनुपर्ने हुन्छ । यो बैंकको जम्मा १२ करोड इकाईमध्ये बीज पुँजी, नबिल बैंक लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई छुट्टाएर सर्वसाधारणको लागि १० करोड २० लाख इकाईको बिक्री खुला गर्ने भएको छ ।
यसको लागि यही बैशाख ५ गतेबाट छिटोमा ९ गते र ढिलोमा चैत ३ गतेभित्र आवेदन दिनुपर्ने हुन्छ । यसको बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो ।
तपाईको प्रतिक्रिया