logo

नबिल बैंकद्वारा ‘नबिल ग्राहक सेवा केन्द्र’ को शुभारम्भ, चौबिसै घण्टा सेवा दिने

    1012   पटक पढिएको

१६ मंसिर / अर्थ र व्यापार - नबिल बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अझै उत्कृष्ठ सेवा प्रदान गर्ने उद्देश्यले ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । यस नबिल ग्राहक सेवा केन्द्रको शुभारम्भले ग्राहकहरुलाई चौबिसै घण्टा ३६५ दिन (२४×७) सेवा प्रदान गर्नेछ ।

यस कार्यक्रमले ग्राहकहरुका लागि एकल विन्दुको रुपमा काम गर्ने र बैंकको ग्राहक सेवा केन्द्र अत्याधुनिक प्रविधियुक्त्त हुनेछ साथै यसले आफ्ना ग्राहकहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्नेछ । त्यसैगरी, यसले आगमन र निगमन कलहरू दुबै सम्हाल्नेछ र यसले देश तथा विदेश मा रहेका ग्राहकवर्गहरूलालाई सुचना आदानप्रदान गर्ने कार्य गर्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले “बैंकको यस ग्राहक सेवा केन्द्रले हाम्रा ग्राहकलाई अझै उत्कृष्ट सेवा प्रदान गर्न मद्दत गर्नेछ । साथै, नबिल बैंकले मुख्यरुपमा जोड दिदै आएको कस्टुमर सर्भिस डेलिभरीलाई थप सुधार गर्नुका साथै कस्टुमर एक्सपिरियन्सलाई अझ परिस्कृत र सुदृढ बनाउनका लागि बल प्रदान गर्ने” कुरा बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।