logo

नबिल बैंकको व्यवस्थापन विरुद्दको मुद्दा कर्मचारी युनियनले जित्यो

    1300   पटक पढिएको

५ बैशाख /अर्थ र व्यापार - नबिल बैंकको कर्मचारी युनियनले नबिल बैंकको व्यवस्थापन विरुद्द हालेको मुद्दामा श्रम अदालतले कर्मचारी युनियनलाई जिताइदिएको छ । बोनस ऐन अनुसार कर्मचारीले नाफाको १० प्रतिशत बोनस पाउनुपर्छ । तर,नबिल बैंकको व्यवस्थापनले नाफाको ९.१० प्रतिशत मात्र कर्मचारीलाई बोनस दिदै आएको थियो । यो विरुद्दमा नबिल बैंकको कर्मचारी युनियन श्रम कार्यालय पुगेको थियो । 

श्रम कार्यालयले १० प्रतिशत बोनस दिनको लागि आदेश दिएको थियो । पछि यो मुद्दा श्रम अदालतमा पुग्यो । श्रम अदालतले नाफाको १० प्रतिशत नै बोनस दिन बैंकको व्यवस्थापनलाई आदेश दिएको छ । श्रम अदालतको फैसलासँगै नबिल बैंकका कर्मचारीले १० प्रतिशत बोनस पाउने छैनन् । विगतका केहीवर्षदेखि नपाएको सो बराबरको रकम समेत पाउने बाटो खुल्ला भएको नबिल बैंकका एक कर्मचारीले जानकारी दिए । कर कार्यालयले आयकर ऐनलाई व्याख्या गर्ने र श्रमिकले बोनस ऐनलाई ब्याख्या गर्ने हुँदा बोनस नाफाको ९.१ वा १० प्रतिशत कति दिनुपर्ने हो त्यसमा विवाद थियो ।

इन्दुशंकर चिनी मिलको कर्मचारी युनियनले १० प्रतिशत बोनस पाउनुपर्ने माग गर्दै सर्बोच्च अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा सर्बोच्चले १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने फैसला गरेको थियो । सर्बोच्चले १० प्रतिशत बोनस दिनुपर्ने फैसला गरेपछि बोनस दिने व्यवसायिक संस्था र कर्मचारी युनियनबीच विवाद थियो । नबिल बैंकको कर्मचारी युनियन सर्बोच्च फैसलाको नजिरलाई आधार बनाएर श्रम अदालतमा गएको थियो । त्यही नजिरलाई टेकेर श्रम अदालतले १० प्रतिशत बोनस दिनुपर्ने फैसला गरेको हो । यो व्यवस्थाले बोनस पाउने कर्मचारीहरुको आम्दानी बढाएको छ । १० प्रतिशत बोनस नदिएका अन्य बैंक तथा वित्तीय संस्था तथा व्यवसायिक प्रतिष्ठानमा समेत यो व्यवस्था लागु हुने छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।