७ पुस/अर्थ र व्यापार– नविल बैंकले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै ३३.५ प्रतिशत लाभांश घोषणा गरेको छ।
बैंकको ५५२ औं संचालक समिति बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३३.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकले अघिल्लो आर्थिक वर्ष १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकले गत आर्थिक वर्षमा तीन अर्ब ५६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
हाल बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित तीन अर्ब ३८ करोड रुपैयाँको बोनस शेयर वितरणपछि चुक्ता पुँजी १३ अर्ब ४७ करोड रुपैयाँ पुग्नेछ ।
गत वर्षको वित्तीय विवरण अनुसार बैंकको जगेडा कोषमा १२ अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।
तपाईको प्रतिक्रिया