logo

नविल बैंकद्वारा दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशनका लागि क्रेडिट रेटिङ

    1082   पटक पढिएको

१८ बैशाख /अर्थ र व्यापार - नविल बैंकले दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशनका लागि क्रेडिट रेटिङ गराएको छ । इक्रा नेपालले गरेको रेटिङ अनुसार बैंकले सबैभन्दा दोस्रो राम्रो ‘इक्रा एनपि एल डवल ए माइनस’ प्राप्त गरेको छ । सबैभन्दा राम्रो रेटिङ ‘इक्रा एनपि एल डवल ए’ लाई मानिन्छ ।
बैंकले पाएको रेटिङ अनुसार उक्त ऋणपत्र सबैभन्दा सुरक्षित रहेको संकेत गर्छ । ऋणपत्र निष्काशन गर्नु अगाडि ऋणपत्रको अनिवार्य रेटिङ गर्नुपर्छ । रेटिङ गर्ने क्रममा एजेन्सीले बैंकको प्रस्तुति, बैंकिङ क्षेत्रमै बैंकको अवस्था, नाफा, बैंकले दिएको लाभांस, बैंकले प्रवाह गरेको ऋणको जोखिम लगायतका क्षेत्रमा अध्ययन गरिन्छ ।

बैंकले प्रदान गरेका ऋणको अवस्था एकदमै सुरक्षित रहेको छ । बैंकले वित्तीय सञ्जाललाई विस्तारै विस्तारै बढाउँदै गरेको हुँदा उक्त ऋणपत्र सुरक्षित देखिएको हो। नाफाका हिसावले नविल निजीस्तरका बाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै नाफा गर्ने बैंकमा पर्छ । प्रतिवेदन अनुसार बैंकको जम्मा निक्षेपको ३३ प्रतिशत निक्षेप २० जनाको रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरण अनुसार बैंकले एक खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। जसमध्ये ४९ अर्ब २९ करोड रुपैयाँ २० जनाको र बाँकी एक खर्ब अन्य सर्वसाधारणको नाममा रहेको छ ।

त्यस्तै ऋण लगानी तर्फ बैंकले २० वटा समुह तथा व्यक्तिको नाममा २७ प्रतिशत प्रवाह गरेको छ । यसले गर्दा बैंकको कस्ट अफ फण्ड तुलनात्मक रुपमा अन्य बैंकको भन्दा कम पर्न जान्छ । यस्तो तथ्याङ्कले बैंकलाई भोलिका दिनमा थप समस्यामा पार्न सक्ने रेटिङ एजेन्सीले जनाएको छ । बैंकको निक्षेप लगानी र कर्जा विस्तार क्रमिक रुपमा बढिरहेको छ । गएका तीन चार वर्षदेखि बैंकले आफ्नो कर्जा लगानी र निक्षेप संकलनलाई विविधीकरण गरिरहेको छ । बैंकले आफ्नो रणनीतिमा शाखा विस्तारलाई प्राथमिकता दिएको हुँदा बैंक अझ सवल र थप प्रतिस्पर्धी हुने एजेन्सीले जनाएको छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी मध्ये नविल बैंक दोस्रो बजार पूँजीकरण भएको कम्पनी अन्तर्गत पर्छ । बैंकको हाल ७४ वटा शाखा कार्यालय, १२६ वटा एटिएम रहेको छ । बैंकिङ क्षेत्रमा समग्र निक्षेपमा नविलको मात्रै ५.६२ प्रतिशत हिस्सा छ । ऋण लगानी तर्फ ५.५३ प्रतिशत हिस्सा छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।