४ असोज / अर्थ र व्यापार – नबिल बैंकले गत आर्थिक वर्षको साधारण सभाको मिति तय गरेको छ । यस अघि नै साधारण सभाका लागि सेयरधनी पुस्तिका बन्द गरेको बैंकले असोज १० गते मंगलबार साधारण सभा आह्वान गरेको हो ।
गत आर्थिक वर्षको कमाईबाट ३० प्रतिशत बोनस तथा १८ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव बैंकले गरिसकेको छ । उसले गत भदौ २७ गते मंगलबार सेयधनी पुस्तिका बन्द गरिसकेको छ ।
यस अर्थमा गत भदौ २६ गते सोमबारसम्म नबिल बैंकको सेयर किनेका सेयरधनीले मात्र प्रस्तावित बोनस तथा नगद लाभांस पाउने छन् ।
गत आर्थिक वर्षमा तीन अर्ब ६२ करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको चुक्ता पूँजी छ अर्ब १८ करोड ५५ लाख सात हजार रुपैंया रहेको छ । प्रस्तावित बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब चार करोड ११ लाख ५९ हजार रुपैंया पुग्नेछ ।
तपाईको प्रतिक्रिया