logo

नबिल व्यालेन्स फण्ड २को इकाई बाँडफाँड

    1221   पटक पढिएको

१७ जेठ /अर्थ र व्यापार - नबिल व्यालेन्स फण्ड २ का ईकाईहरु आज बाँडफाँड गरिएको छ । २०७६ बैशाख ५ गते देखि जेठ ३ सम्म सर्वसाधारणमा निष्काशन गरिएको नबिल व्यालेन्सड् फण्ड–२ को प्रति ईकाइ मुल्य रु. १० का दरको  बाह्र करोड रहेको थियो । नबिल इन्भेष्टले इकाईको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम गरेको थियो ।

३४ हजार १४१ जनाले फण्डको इकाइमा आवेदन गरेकोमा ३३ हजार ९८ आवेदकलाई मात्र बाँडफाँड प्रकृयामा सहभागि गराइएको छ । १ हजार ४३ आवेदन रद्ध गरिएको छ । ३४ हजार १४१ आवेदकहरुबाट जम्मा १० करोड ४२ लाख २६ हजार ७३० इकाई माग भएको थियो । १ हजार ४३ वटा आवेदनबाट माग भएको १ करोड २ लाख ८६ हजार ७६० इकाई रद्ध गरिएको नबिल इन्भेष्टले जनाएको छ ।

बाँकी सबै आवेदकलाई ९ करोड ३९ लाख ३९ हजार ९७० इकाई बाँडफाँड गरी राउण्डअफ गरी योजना व्यवस्थापकले ६० हजार ३० ईकाइ बीज पूँजीको रुपमा थप गरेको छ । योसँगै व्यालेन्स फण्ड २ को आकार १ अर्ब १२ करोड रुपैंया भएको छ । बीज पूँजी बापत न्युनतम १ करोड ८० लाख ईकाइ मध्ये कोष प्रबन्धक नबिल बैकलाई १४ प्रतिशतले हुन आउने १ करोड ६८ लाख ईकाइ छुट्याइएको थियो । योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिंङ्गलार्ई १ प्रतिशतले हुन आउने १२ लाख इकाई छुट्याएर बाँकी रहेको १० करोड २० लाख ईकाइ सर्वसाधारणमा निष्काशन भएको थियो ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।