९ मंसिर / अर्थ र व्यापार- मुक्तिनाथ विकास बैंकले मंसिर २९ गते १२ औं वार्षिक साधारणसभा डाकेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १८.२५ प्रतिशत बोनस शेयर पारित गर्ने भएको छ । बैंकले पुँजी वृद्धिका लागि बोनस शेयरबाट कायम हुने चुक्ता पूँजीको २० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
बैंकले साधारणभा प्रयोजनको लागि मंसिर १८ देखि २५ गते सम्म बुक क्लोज गर्ने भएको छ । मंसिर १७ गतेसम्म कायम शेयरधनीले प्रस्तावित बोनस शेयर प्राप्त गर्न सक्नेछन् । बैंकको हालको चुक्ता पूँजी दुई अर्ब ५९ करोड रुपैयाँ रहेको छ । प्रस्ताव गरिएको १८.२५ प्रतिशत बोनस शेयर पारित गरिए सँगै चुक्ता पूँजी ३ अर्ब ६ करोड रुपैयाँ पुग्नेछ । यसै पूँजीमा थप २० प्रतिशत हकप्रद निष्कासन गर्दा बैंकको चुक्ता पूँजी ३ अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ । त्यससँगै मुक्तिनाथ विकास बैंक विकास बैंकहरु मध्ये सबैभन्दा बलियो बैंक हुनेछ । बैंकले गत आर्थिक वर्षमा ५७ करोड ५४ लाख रुपैयाँ नाफा गरेको थियो ।
तपाईको प्रतिक्रिया