२९ जेठ / अर्थ र व्यापार - मुक्तिनाथ विकास बैंकको हकप्रद सेयर जारी हुने भएको छ । मुक्तिनाथ विकास बैंकले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँको हकप्रद सेयर जारी गर्नको लागि रेटिङ गराएको छ ।
क्रेडिट रेटिङ ऐजेन्सी इक्रा नेपालले मुक्तिनाथ विकास बैंकको हकप्रदलाई ग्रेड ३ दिएको छ । बैंकको अहिले चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ छ ।
२० प्रतिशत हकप्रद सेयरपछि मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्ने छ । जुन विकास बैंकहरुमा सर्वा्धिक हो । मुक्तिनाथ विकास बैंक अहिले राष्ट्रिय स्तरका विकास बैंकमा सबैभन्दा बढी नाफा कमाउने विकास बैंकमा पर्छ ।
तपाईको प्रतिक्रिया