logo

बुधवार माउण्टेन इनर्जीको आईपीओ बाँडफाँट हुने

    1520   पटक पढिएको


१६ मंसिर/अर्थ र व्यापार– माउण्टेन इनर्जी नेपालको आईपीओ बुधबार बिहान १० बजे बाँडफाँट गरिने विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले बताएको छ ।

कम्पनीले सर्वसाधारणका लागि कात्तिक २६ देखि मंसिर ३ गतेसम्म आईपीओ विक्री गरेको थियो । आवेदन दिनेमध्ये ६ लाख ५१ हजार ५७५ जना योग्य रहेको विक्री प्रबन्धकले जानकारी दिएको छ । 

कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत १८ लाख ३० हजार २६५ कित्ता शेयर विक्री गरेको हो । 
सर्वसाधारणका लागि छुट्याइएको कुल १९ लाख ६८ हजार २७ कित्तामध्ये ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई सुरक्षित गरी ९८ लाख ४०१ कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । 

बुधवार योग्य आवेदकहरुलाई सार्वजनिक निष्कासन मार्फत विक्री गरिएको १८ लाख ३० हजार २६५ कित्ता शेयर बाँडफाँट हुनेछ ।

कम्पनीले यस अघि आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थायिनको लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर विक्री गरेको थियो । स्थानियका लागि कम्पनीले भदौ ३१ गतेदेखि असोज २९ गतेसम्म आईपीओ विक्री गरी कात्तिक ६ गते बाँडफाँट गरेको हो । उक्त कम्पनीले म्यादी जिल्लामा ३८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहको छ । 

कम्पनीले आयोजना प्रभावित स्थानियका लागि छुट्याएको कुल कित्तामध्ये नुवाकोट र म्याग्दी जिल्लाको अति प्रभावितको लागि ६० प्रतिशत र प्रभावितका लागि ४० प्रतिशत शेयर छ्ट्याएको छ । 

कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ २०७६ चैत मसान्तसम्ममा रू. ११८.३२ रहेको छ । आर्थिक वर्ष २०७६/७७ सम्ममा रू. १२३.४० प्रतिशेयर नेटवर्थ कायम गर्ने प्रक्षेपण कम्पनीले गरेको थियो । कम्पनीको वास्तविक प्रतिशेयर आम्दानी रू.३.५१ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।