logo

सोमबार रुरल माईक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमा किन्ने अन्तिम दिन

    1180   पटक पढिएको

१९ असार / अर्थ र व्यापार – नेपाल ग्रामिण विकास बैंकले असार १२ गतेदेखि खुला गरेको रुरल माईक्रोफाइनान्सको ८८ हजार पाँच सय ६४ दशमलव ७४ कित्ता संस्थापक सेयर लिलाममा आवेदन गर्ने सोमबार अन्तिम दिन हो ।

नेपाल ग्रामीण बैंकले आफ्नो स्वामित्वमा रहेको रुरल माईक्रो फाईनान्स कम्पनीका संस्थापक सेयर साबिकका माईक्रोफाईनान्सको संस्थापक सेयरधनीलाई बेच्न यसअघि जेठ १६ देखि २२ गतेसम्म लिलामी खोलेको थियो । सो समयमा माईक्रोफाईनान्सका संस्थापकबाट एक कित्ता सेयरमा समेत आवेदन नपरेपछि हाल सर्वसाधारणले समेत आवेदन गर्न पाउने गरी लिलामी खुला गरिएको हो ।

ईच्छुक लगानीकर्ताले कम्पनीको लिलामी सेयरमा सोमबार कार्यालय समयभित्र विक्री प्रबन्धक एनएमबि क्यापिटलमा न्युनतम एक हजार कित्तादेखि सबै कित्ताका लागि आवेदन गर्न सकिने छ । बोलपत्र असार २० गते मंगलबार एनएमबि क्यापिटलमा दिउँसो ४ बजे खोलिने छ ।

रुरल माईक्रोफाईनान्सको संस्थापक सेयर नेपाल ग्रामिण विकास बैंकले पाँच सय एक रुपैयाँ न्युनतम मूल्य राखेर लिलाम बढाबढ मार्फत विक्री गर्न लागेका हो । यसबाट बैंकले प्रतिकित्ता ४०१ रुपैयाँको दरले न्युनतम तीन करोड ५४ लाख ७५ हजार रुपैयाँ बढि प्रिमियम संकलन गर्नेछ भने चार करोड ४३ लाख ७० हजार बढि आम्दानी गर्नेछ ।

संकलित प्रिमियम रकम नेपाल ग्रामीण बैंकको जगेडाकोषमा जम्मा हुने भएकाले सो रकम पछि लगानीकर्तालाई बोनस वितरणका लागि प्रयोग गर्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।