logo

दूरसंचार प्राधिकरण र राष्ट्र बैंकबीच मोबाइल वित्तीय सेवाको विकास गर्ने समझदारी

    1633   पटक पढिएको

९ बैशाख /अर्थ र व्यापार - मोबाइल वित्तीय सेवाको विकास तथा नियमनका लागि आवश्यक सहकार्य तथा समन्वय गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच समझदारी भएको छ । राष्ट्र बैंकको भूमिकासहितको सो सम्झदारी पत्रमा बैंकको तर्फबाट गर्भनर डा चिरञ्जीवी नेपाल र प्राधिकरणको तर्फबाट कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले हस्ताक्षर गर्नुभएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

मोबाइल वित्तीय सेवाको विकास तथा नियमनलाई अझ बढी विश्वसनीय र प्रभावकारी बनाउन दुवै नियमनकारी निकायले संयुक्त रुपमा गर्नुपर्ने कार्य र त्यसका लागि समन्वयका क्षेत्र र विकास रणनीतिसमेत समझदारी पत्रमा उल्लेख गरिएको छ ।साथै दूरसञ्चार प्रविधिको प्रयोग गरी देशमा क्रियाशील विभिन्न भुक्तानीसम्बन्धी कार्यमा संलग्न भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक र दूरसञ्चार सेवा प्रदायक संस्थासँग सम्बन्धित कार्यलाई सहजीकरण तथा नियमन गरी आवश्यकताअनुसार नीति निर्माण कार्यमा समेत सहयोग पु¥याउने उद्देश्यले दुवै नियमनकारी निकायको प्रतिनिधित्व हुने गरी एक संयुक्त समन्वय समितिसमेत गठन गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।