logo

मिथिला लघुवित्तद्वारा निष्कासित शेयरमा आवेदन दिने आज अन्तिम दिन

    962   पटक पढिएको

२९ फागुन /अर्थ र व्यापार - मिथिला लघुवित्तको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फागुन २२ गतेसम्म हकप्रदमा आवेदन दिने समय रहेकोमा कम्पनीले ७ दिन समय बढाएर फागुन २९ गतेसम्म कायम गरेको थियो । कम्पनीले माघ १ गते हकप्रद निष्काशनका लागि शेयरधनी किताब बन्द गरेकाले यस हकप्रदमा पुस ३० गतेसम्म कायम रहेका शेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् । शेयरधनीले धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयरबाट हकप्रदमा आवेदन दिन सकिन्छ ।

मिथिला लघुवित्त माघ १७ गते देखि चुक्ता पूँजीको ५० प्रतिशत (२ः१ अनुपातमा) ३ करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरको ३ लाख २९ हजार ८९० कित्ता हकप्रद बिक्रीमा ल्याएको हो । लघुवित्तको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल रहेको छ । हाल ६ करोड ५९ लाख ७७ हजार ९३८ रुपैयाँ चुक्ता पूँजी रहेको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १०.४५ प्रतिशत (६८ लाख ९४ हजार ६९५ रुपैयाँ) बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । हकप्रद र बोनसपछि मिथिलाको चुक्ता पूँजी १० करोड ५८ लाख ६१ हजार ६०२ रुपैयाँ पुग्नेछ ।

संस्थाले तीनवटा मुख्य एजेन्डा सहित चैत २३ गते दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले साधारण सभामा लाभांश अनुमोदन, शेयर संरचना परिवर्तन तथा मर्जररप्राप्तीको मुख्य एजेण्डा सहितको विशेष प्रस्ताव गरेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।