logo

मिथिला लघुवित्तद्वारा निष्कासित शेयरमा आवेदन दिने आज अन्तिम दिन

    1077   पटक पढिएको

२९ फागुन /अर्थ र व्यापार - मिथिला लघुवित्तको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फागुन २२ गतेसम्म हकप्रदमा आवेदन दिने समय रहेकोमा कम्पनीले ७ दिन समय बढाएर फागुन २९ गतेसम्म कायम गरेको थियो । कम्पनीले माघ १ गते हकप्रद निष्काशनका लागि शेयरधनी किताब बन्द गरेकाले यस हकप्रदमा पुस ३० गतेसम्म कायम रहेका शेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् । शेयरधनीले धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयरबाट हकप्रदमा आवेदन दिन सकिन्छ ।

मिथिला लघुवित्त माघ १७ गते देखि चुक्ता पूँजीको ५० प्रतिशत (२ः१ अनुपातमा) ३ करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरको ३ लाख २९ हजार ८९० कित्ता हकप्रद बिक्रीमा ल्याएको हो । लघुवित्तको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल रहेको छ । हाल ६ करोड ५९ लाख ७७ हजार ९३८ रुपैयाँ चुक्ता पूँजी रहेको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १०.४५ प्रतिशत (६८ लाख ९४ हजार ६९५ रुपैयाँ) बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । हकप्रद र बोनसपछि मिथिलाको चुक्ता पूँजी १० करोड ५८ लाख ६१ हजार ६०२ रुपैयाँ पुग्नेछ ।

संस्थाले तीनवटा मुख्य एजेन्डा सहित चैत २३ गते दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले साधारण सभामा लाभांश अनुमोदन, शेयर संरचना परिवर्तन तथा मर्जररप्राप्तीको मुख्य एजेण्डा सहितको विशेष प्रस्ताव गरेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।