१४ फागुन /अर्थ र व्यापार - मितेरी डेभलपमेन्ट बैंकको गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १७ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने फागुन १४ गते मंगलबार अन्तिम दिन रहेको छ । फागुन १३ गते सोमबार बैंकको शेयर प्रतिकित्ता २८० रुपैयाँमा कारोबार भएको छ । बैंकले चैत ९ गते आह्वान गरेको १३ औं वार्षिक साधारण सभाका लागि फागुन १५ गतेदेखि शेयरधनी दर्ता पसस्तिका बन्द गर्ने भएकाले मंगलबारसम्म काय रहने शेयरधनी मात्र बोनस पाउन योग्य हुनेछन् ।
बैंकको साधारण सभाले १७ प्रतिशत बोनस (८ करोड पचास लाख रुपैयाँ बराबरको) शेयर कर वापतको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बैंकले तेह्रो वार्षिक साधारण सभा चैत ९ गते बिहान ११ बजे गोर्खा किचन धरान, सुनसरीमा डाकेको छ । यस्तै अन्य एजेण्डाहरुमा उपयुक्त अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर प्राप्तीका लागि आवश्यक प्रकया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, बैंकको सम्पत्ति तथा दासयत्व मूल्याङ्कनकर्ता नियुक्ति र पारिश्रमिक निर्धारण, तथा बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समतिलाई अख्तियारी दिने रहेका छन् ।
यस्तै संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक नियक्त गर्ने लगायतका अन्य एजेण्डा पनि सभामा रहेको छ । हाल बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ छ । बोनसपछि उसको चुक्ता पूँजी ५८ करोड ५० लाख पुग्नेछ ।
तपाईको प्रतिक्रिया