४ चैत्र /अर्थ र व्यापार - मिसन डेभलपमेन्ट बैंक र तिनाउ विकास बैंकले आइतबार गाभ्ने र गाभिने तथा प्राप्ती विनियमावली बमोजिम हस्ताक्षर गरेपश्चात नेप्सेले दुबै बैंकको चैत ४ गते सोमबारदेखि शेयर कारोबार रोक्का गरेको छ ।
दुबै विकास बैंकहरु बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ती विनियमावली २०७३ को चौथो संसोधन को विनियम ८ र ९ बमोजिम तथा शेयर स्वाप अनुपात एक बराबर एक वा सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) गर्न मञ्जुर गरेका छन् ।
२०७६ साउन मसान्तभित्र मर्जर सकाउने उदेश्यका साथ हाल प्रादेशिक स्तरको विकास बैंक बन्न लागेको बैंकले अन्य बैंक तथा वित्तीय संस्था मर्जर वा प्राप्ती र हकप्रद जारी गरेर राष्ट्रिय स्तरको विकास बैंक बन्ने लक्ष्य बैंकको छ ।
तपाईको प्रतिक्रिया