logo

मिर्मिरे लघुवित्तको आम्दानीमा ४७ प्रतिशतको उच्च गिरावट

    1120   पटक पढिएको

१५ माघ /अर्थ र व्यापार  - मिर्मिरे लघुवित्तले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा २० प्रतिशतले नाफा बढाए पनि प्रतिशेयर आम्दानीमा भने ४७ प्रतिशतको उच्च गिरावट देखिएको छ । शतप्रतिशत हकप्रद र बोनस बाँडेर एक वर्ष अवधिमा १३० प्रतिशतले चुक्ता पूँजी बढाएको यस लघुवित्तको पूँजी वृद्धिको तुलनामा आम्दानीको वृद्धिदर सुस्त बन्दा प्रतिशेयर आम्दानी घटेको हो । 

पुस मसान्तसम्ममा लघुवित्तले एक करोड ७७ लाख खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा करिब ३० लाख बढी हो । गत वर्षको यसै अवधिमा लघुवित्तले एक करोड ४७ लाख खुद नाफा आर्जन गरेको थियो । गत आवको पुस मसान्तसम्म वार्षिक ६५ रुपैयाँ ६३ पैसा प्रतिशेयर आम्दानी रहेको लघुवित्तको चालु आवको दोस्रो त्रैमासमा ३४ रुपैयाँ १९ पैसामा खुम्चिएको छ । यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ४४ पैसाले घटेको हो ।

लघुवित्तले चुक्ता पूँजी ४ करोड ५० लाखबाट १० करोड ३८ लाख पुगेको छ भने गत पुसमा रहेको २ करोड ९७ लाखको जगेडा कोष १९५.४७ प्रतिशतले सुधार गर्दै ८ करोड ७८ लाख रुपैयाँ सञ्चित गरेको छ । लघुवित्तले ५८ करोड १६ लाख निक्षेप संकलन र एक अर्ब ४४ करोड ७ लाख सापटीबाट २ अर्ब ८ करोड एक एक लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ । समीक्षा अवधिमा लघुवित्तले ९९ प्रतिशतले निक्षेप र ८६ प्रतिशत बढीले कर्जा लगानी बढाएको छ ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१ प्रतिशतले बढेको छ । लघुवित्तले गत वर्ष पुसम्ममा ३ करोड ९१ लाख खुद ब्याज आम्दानी गरेकोमा अहिले ५ करोड १३ लाख खुद ब्याज आम्दानी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।