logo

कान्छो कम्पनीका रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड माघ २७ गते देखि सञ्चालनमा आउने

    1161   पटक पढिएको

१० माघ/ अर्थ र व्यापार-  नियामक, अर्थ मन्त्रालय र अदालतमा लामो समय अल्झिएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत माघ १ गते सञ्चालन स्वीकृति पाएको थियो ।  माघ २७ गते देखि भने सञ्चालनमा आउने भएको छ । कम्पनीको जारी पूँजी २ अर्ब रुपैयाँ छ । यसमा १ अर्ब ४० करोड रुपैयाँ संस्थापक शेयरधनीहरुले जम्मा गरिसकेका छन् । दुई आर्थिक बर्ष पुरा गरेपछि कम्पनीले ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भइसकेका छन् । कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरीमा रहने छ । कम्पनीले आगामी चैतसम्म १३ वटा शाखा कार्यालय सञ्चालनमा ल्याउने तयारीसमेत गरिसकेको छ । आगामी असारसम्म अर्को १२ वटा शाखा थपेर २५ वटा पुर्याउने तयारी भइरहेको भट्टराईले जानकारी दिए ।

कम्पनीको सञ्चालक समितिमा मनोरञ्जनरमण शर्मा, उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा र मोहनराज जोशी छन् । कम्पनीको मूख्य शेयरधनीमा पाँच वटा बैंकहरुसमेत छन् । संस्थापक शेयरधनीका रुपमा मेगा बैंक, ज्योति विकास बैंक, एक्सल डेभलपमेन्ट बैंक, ओम डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक छन् । कम्पनीमा सुरुमा मूख्य शेयरधनी अजयराज सुमार्गी थिए, उनले कबुल गरेजति पैसा हाल्न नसकेपछि नयाँ शेयरधनीका रुपमा बैंकहरु भित्र्याइएको हो ।

अहिले १८ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् । कान्छो कम्पनीका रुपमा सञ्चालनमा आउन लागेको महालक्ष्मीले अहिले धमाधम कर्मचारी भर्ना गरिरहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।