१६ जेठ /अर्थ र व्यापार - मेटलाइफ इन्स्योरेन्स कम्पनी र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखाहरुबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छ ।
मंगलबार भएको उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमज्यू र मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका उपाध्यक्ष एवं महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरेको हो ।
तपाईको प्रतिक्रिया