२५ साउन / अर्थ र व्यापार – मेरो माइक्रोफाइनान्सले आफ्ना शेयरधनीलाई ४२ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले ३० प्रतिशत बोनश सेयर र १२.१०५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो । कम्पनीले घोषणा गरेको लाभांस नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारण सभाबाट पारित हुनु पर्छ । अनि मात्र लगानीकर्ताले लाभांस पाउँछन् ।
अहिले कम्पनीको चुक्ता पुँजी २२ करोड रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्षमा नौ करोड २८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । कम्पनीको प्रति शेयर आम्दानी ४२.१९ पैसा र प्रति शेयर नेटवर्थ १७७.१४ रहेको छ ।
तपाईको प्रतिक्रिया