logo

मेरो माइक्रोफाइनान्सको शेयरमा आवेदन दिने आज अन्तिम दिन

    1256   पटक पढिएको

२३ माघ/ अर्थ र व्यापार  - मेरो माइक्रोफाइनान्स  वित्तीय संस्थाको एक बराबर एक अनुपातको (शतप्रतिशत) हकप्रद सुरक्षित गर्ने माघ २३ गते बुधबार अन्तिम दिन रहेको छ । मंगलबार कम्पनीको शेयरमूल्य प्रतिकित्ता एक हजार ११८ रुपैयाँ रहेको छ ।

माइक्रोफाइनान्स सञ्चालक समितिको माघ १५ गतेसम्पन्न ८१ औं बैठकले हकप्रद निष्काशन गर्न माघ २४ गते बिहीबार एकदिन बुकक्लोज गर्ने निर्णय गरेकाले बुधबारसम्म शेयरधनी कायम हुने लगानीकर्ताले मात्र हकबप्रदमा आवेदन दिन सक्नेछन् ।

माइक्रोफाइनान्सले बोर्डबाट माघ १४ गते सोमबार गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १५ प्रतिशत बोनस पश्चात कायम चुक्ता पूँँजी ३२ करोड ८९ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्न अनुमति पाएको थियो ।

हाल माइक्रोफाइनान्सलको चुक्ता पूँजी ३२ करोड ८९ लाख रुपैयाँ छ । हकप्रदपछि माइक्रोफाइनान्सको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ । गत कात्तिक ९ मा सम्पन्न छैटौं वार्षिक साधारण सभाले कायम पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो ।

चालु आर्थिक वर्षमा पुस मसान्तसम्ममा माइक्रोफाइनान्सले ६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ६२ पैसा कायम गरको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।