logo

मेरो माइक्रोफाइनान्सद्वारा  ११ करोड १८ लाख खुद नाफा आर्जन

    1089   पटक पढिएको

१२ बैशाख /अर्थ र व्यापार - मेरो माइक्रोफाइनान्स कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ११ करोड १८ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ८६ दशमलव ५८ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ५ करोड ९९ लाख रुपैयाँ कमाएको थियो ।

३२ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सले जगेडामा १८ करोड ८५ लाख रुपैयाँ छुटाएको छ । मेरो माइक्रोफाइनान्सले निक्षेपमा १ अर्ब ७ करोड ३६ लाख रुपैयाँ संकलन गरेको छ र कर्जामा ४ अर्ब ३७ करोड ४८ लाख रुपैयाँ लगानी गरेको छ । माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी ८७ दशमलव ५ प्रतिशतले बढेर २५ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८६ दशमलव १७ प्रतिशतले बढेर १७ करोड ५७ लाख रुपैयाँ पुगेको छ । माइक्रोफाइनान्सको निष्कृय कर्जा २ दशमलव ०४ प्रतिशत, जोखिम युक्त सम्पत्ति १५ दशमलव ८९ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ४५ दशमलव ३३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५७ दशमलव ३४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२ दशमलव ३३ गुणा र तरलता अनुपात ३४ दशमलव ४६ प्रतिशत रहेको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव १२ प्रतिशत, जोखिम युक्त सम्पत्ति १२ दशमलव ९७ प्रतिशत, आधार ब्याजदर ९ दशमलव ३१ प्रतिशत र कोषको लागत ७ दशमलव २९ प्रतिशत रहेको छ ।


 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।