logo

सरकारको मर्जर नीतिबारे वाणिज्य बैंकहरूद्वारा छलफल तिब्र

    1217   पटक पढिएको

१८ असार / अर्थ र व्यापार - एक आपसमा गाभिन (मर्जर) बैंक तथा वित्तीय संस्थालाई प्रेरित गर्ने नीति सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेपछि वाणिज्य बैंकहरूले छलफल तिव्र पारेका छन् । एक आपसमा गाभिनका लागि तयारी गर्ने लक्ष्यका साथ मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको बैठक आयोजना गरियो । बैठकमा एक आपसमा गाभिने विषयमा छलफल भएको थियो । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुनु अघि ‘मर्जर’ को विषयमा उपयुक्त निर्णय गर्न वाणिज्य बैंकहरूलाई निर्देशन दिनुभएको थियो ।

यही निर्देशनानुसार वाणिज्य बैंकहरूले मर्जरका विषयमा अनौपचारिक तवरले छलफल तिव्र पारेका हुन् । हाल २८ वटा वाणिज्य बैंक सञ्चालनमा छन् । वित्तीय स्थिरताका लागि बैंकको सङ्ख्या घटाउनुपर्नेमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको समान धारणा छ । गर्भनर डा. नेपालकै शब्दमा ‘मौद्रिक नीति अगावै ‘लभ’ गर्नुस्’ । गर्भरनको उक्त आग्रहपछि वाणिज्य बैंकहरू एक आपसमा कसरी मिल्न सकिन्छ भन्नेमा छलफल जारी राखेका छन् । बैंकर्स सङ्घ अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाका अनुसार आज सामान्य छलफल भएको हो । त्यसो त यही असार १२ गते केन्द्रीय बैंकले वाणिज्य बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सम्मिलित छलफल कार्यक्रम आयोजना गरेर मौद्रिक नीति अगावै मर्जरको विषयमा आवश्यक निर्णय गर्न आग्रह गरेको थियो ।

मर्जरमा जान वाणिज्य बैंक तयार भए पनि उनीहरूले केही सुविधा राष्ट्र बैंकले दिनुपर्नेमा एकमत देखिएका छन् । बैठकमा सहभागी एक बैंकरका अनुसार केन्द्रीय बैंकको निर्देशन कार्यान्वयन गर्न आफूहरू तयार रहेको तर केही सुविधा भने उपलब्ध हुनुपर्नेछ । मंगलबारको बैठकमा समेत केन्द्रीय बैंकको निर्देशनलाई कार्यान्वयन गर्दै मौद्रिक नीति अगावै केही सैद्धान्तिक सहमति गर्ने विषयमा छलफल भएको बताइन्छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।