logo

तिन लघुवित्तीय संस्थाद्वारा मर्जर हुन सहमतिपत्रमा हस्ताक्षर

    1903   पटक पढिएको

३१ बैशाख /अर्थ र व्यापार- मिर्मिरे, नागबेली र किसान लघुवित्तीय संस्था मर्जर हुने भएका छन् । गाभ्ने गाभिने प्रक्रिया अगाडि बढाउन तीनवटै संस्थाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा टेक बहादुर बोहरा मिर्मिरे लघुवित्त वित्तीय संस्था, दीपबहादुर श्रेष्ठ नागबेली लघुवित्त वित्तीय संस्था र नेत्रप्रसाद जोशी किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका अध्यक्षले हस्ताक्षर गरेका छन् । तीनवटै कम्पनी एकअर्काका गाभिएपछि कम्पनी राष्ट्रियस्तरको लघुवित्त हुनेछ ।

काभे्रपलान्चोक जिल्ला, बनेपामा रजिष्टर्ड कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था चुक्ता पुँजी १२ करोड ८७ लाख ८६ हजार ४ सय, कर्जा लगानी  २ अर्ब ४० करोड, निक्षेप  ६८ करोड, संस्थामा आबद्ध सदस्य ६० हजार, चालू आवको चैत्र मसान्तसम्म खुद नाफा ३ करोड ५९ लाख रहेको छ ।  

झापा जिल्ला बिर्तामोडमा रजिष्टर्ड कार्यालय रहेको. नागबेली लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी १६ करोड ७६ लाख ७९ हजार ५००, कर्जा लगानी ८१ करोड ७५ लाख, निक्षेप ३० करोड, संस्थामा आवद्ध सदस्य २० हजार, खुद नाफा २ करोड १२ लाख रहेको छ । त्यस्तै कैलालीको लम्की चुहा नगरपालिकामा रजिष्टर्ड कार्यालय रहेको किसान माइक्रोफाइनान्स चुक्ता पुँजी ८ करोड ९७ लाख ९७ हजार ७९०, कर्जा लगानी  १ अर्ब ३९ करोड ८५ लाख, निक्षेप  ३४ करोड ४५ लाख, संस्थामा आवद्ध सदस्य संख्या ४८ हजार र खुद नाफा १ करोड ३२ लाख रहेको छ । 

एक आपसमा गाभ्ने र गाभिने उद्देश्यका साथ मिर्मिरे लघुवित्त वित्तीय संस्थाका सन्तोष फुयाँलको संयोजकत्वमा नागबेली वित्तीय संस्थाका सञ्जय कुमार श्रेष्ठ र किसान वित्तीय संस्थाका खिमाराज न्यौपानेसहितको तीन सदस्यीय मर्जर समिति गठन गरी सहमती पत्रमा हस्ताक्षर भएको छ । 

मर्जर प्रकृया सम्पन्न भएपश्चात एकीकृत संस्थाको चुक्ता पुँजी ३८ करोड ६२ लाख ६३ हजार ६९० हुनेछ भने एकीकृत संस्थाको अध्यक्ष टेकबहादुर बोहरा, प्रमुख कार्यकारी अधिकृत कुमार याक्सो तथा नायब प्रमुख कार्यकारी अधिकृत बिर्खबहादुर बोहरा हुनेछन् । मर्जरपछि वित्तीय संस्थाको नाम किसान लघुवित्त वित्तीय संस्था लिमिटेड रहनेछ भने वित्तीय संस्थाको लोगो र कर्पोरेट कलर मिर्मिरे लघुवित्त वित्तीय संस्थाको कायम गरिनेछ । त्यस्तै एकीकृत संस्थाको केन्द्रीय कार्यालय मिर्मिरे लघुवित्त वित्तीय संस्थाको हाल केन्द्रीय कार्यालय रहेको स्थान बनेपा–८, काभे्रपलान्चोकमा रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।