१६ बैशाख /अर्थ र व्यापार - मातातीर्थ औंशीको अवसर पारेर मेघा बैंक नेपाल लिमिटेडले ग्राहकलाई विशेष अफर ल्याएको छ । सम्पूर्ण आमाहरुको सम्मानमा मेगा बैंकले मेगा बैंकको केन्द्रीय कार्यालय रहेको राइजिङ मलमा सपिङ गर्न चाहने ग्राहकलाई विशेष अफर ल्याएको हो ।
फोन पे मोबाइल एपको क्यूआर कोड स्क्यान गरेर मेगा स्मार्ट बैंकिङ (कार्ड) मार्फत सपिङ गर्ने ग्राहकलाई बैंकले १० प्रतिशतसम्मको छुट वा बढीमा एक हजार रुपैयाँ छुटको व्यवस्था गरेको हो । यो अफर वैशाख १५ गते आइतबारदेखि मातातीर्थ औंशीका दिन वैशाख २१ गते शनिबारसम्म रहने बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया