logo

मेगा बैंकको खुद व्याज आम्दानी वृद्धि हुदा नाफामा समेत सुधार

    1047   पटक पढिएको

२५ बैशाख /अर्थ र व्यापार - मेगा बैंकले खुद व्याज आम्दानी १११ प्रतिशतले वृद्धि गर्दा नाफा १३१ प्रतिशतले सुधार गरेको छ । बैंकले एक वर्षको अवधिमा निक्षेप संकलन ७४ प्रतिशतले बढाएको छ भने ऋण लगानी ६४ प्रतिशलते विस्तार गरेको हो । बैंकले नौ महिनाको अवधिमा एक अर्ब २१ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकको नाफा ५२ करोड ४९ लाख रुपैयाँ थियो ।

टुरिजम डेभलपमेन्ट बैंकलाई मर्ज गरेसँगै बैंकलाई थप इनर्जी प्राप्त भएको छ । गत वैशाखमा टुरिजम डेभलपमेन्ट र मेगा बैंक मर्ज भएका थिए । टुरिजम गाभिने क्रममा बैंकको दुई अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी, १३ अर्ब भन्दा माथिको निक्षेप र १२ अर्ब ४१ करोड रुपैयाँको ऋण लगानी थियो । निक्षेप र कर्जामा सुधारसँगै स्प्रेड दरको बृद्धिले नाफा बढाउन थप मद्दत पुर्याएको छ । बैंकले एक वर्षको अवधिमा ४.४८ प्रतिशतको स्प्रेड बढाएर ४.७३ प्रतिशत पुर्याएको छ । बैंकको व्याज आम्दानी ७८ प्रतिशतले बढेको छ । व्याज खर्च ६१ प्रतिशतले वृद्धि भएको छ । नौ महिनाको अवधिमा बैंकको व्याज आम्दानी ६ अर्ब ७९ करोड रुपैयाँ छ भने व्याज खर्च ४ अर्ब चार करोड रुपैयाँ छ भने खुद व्याज आम्दानी दुई अर्ब ७५ करोड रुपैयाँ आर्जन गरेको छ ।

बैंकले तेस्रो त्रैमाशिक अवधिमा ७५ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरि ६९ अर्ब ९९ करोड रुपैयाँ ऋण लगानी गरेको छ । गत वर्षको यही अवधिमा बैंकले ४३ अर्ब निक्षेप संकलन गरि ४२ अर्ब ५९ करोड रुपैयाँ ऋण लगानी विस्तार गरेको थियो । बोनस शेयर र टुरिजम बैंक मर्ज भए सँगै बैंकको चुक्ता पूँजी ४० प्रतिशतले बढेको छ । चुक्ता पूँजी १० अर्ब ३८ करोड रुपेयाँ छ भने जगेडा कोषमा दुई अर्ब ७२ करोड रुपैयाँ जम्मा भएको छ ।

यो अवधिमा बैंकको खराव कर्जा ०.४४ प्रतिशत विन्दुले बढेर १.४२ प्रतिशत पुगेको छ । ४० प्रतिशतले चुक्ता पूँजी बढ्दा पनि बैंकको प्रतिशेयर आम्दानी तीन रुपैयाँले मात्रै गिरावट आएर १५ रुपैयाँ कायम भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।