६ माघ/अर्थ र व्यापार– मेगा बैंक नेपाल लिमिटेड र ‘वीच्याट–पे’ बीच भुक्तानी सेवाका लागि साझेदारी भएको छ ।
सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरेर रकम भुक्तानी गर्न सक्नेछन् ।
नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरु तथा नेपालबाट सामान आयात गर्ने चिनियाँ व्यापारीहरुले विभिन्न सामाग्री तथा सेवाको लागि ‘वीच्याट–पे’ मार्फत रकम भुक्तानी गर्न सक्ने बताइएको छ ।
‘वीच्याट–पे’ मार्फत नेपालमा रकम भुक्तानी गर्न पाउँदा चिनियाँ पर्यटकहरु लाभान्वित हुने र देशलाई विदेशी मुद्रा आर्जनमा सघाउ पुग्ने बैंकको विश्वास छ ।
तपाईको प्रतिक्रिया