२ पुस/अर्थ र व्यापार– मेगा बैंकको पुस २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश घोषण गरेको छ।
बैंकले आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि समेत गरी ३.०५ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण हुनेछ ।
तपाईको प्रतिक्रिया