८ पुस/अर्थ र व्यापार– मेगा बैंकले नेपालमै पहिलोपटक भिडियो कलबाट खाता खोल्ने सुविधा ल्याएको छ ।
बैंकले ग्राहकको सुविधा र अत्याधुनिक बैंकिङ प्रविधिलाई आत्मसात गर्दैे इन्टरनेटको पहुँचमा रहेका ग्राहकलाई भिडियो कलबाटै खाता खोल्न सकिने सुविधा ल्याएको जनाएको छ ।
ग्राहकले आफूले खोल्न चाहेको खाताबारे जानकारी दिनासाथ मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले नयाँ प्रविधिमार्फत ग्राहकलाई अत्याधुनिक सुविधा दिने उद्देश्यले भिडियोबाट खाता खोल्ने सेवा ल्याएको बताइन् ।
तपाईको प्रतिक्रिया