१६ असार / अर्थ र व्यापार – मेगा बैंक नेपालले ६५ प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने भएको छ । बैंकले हकप्रद निस्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ ।
हकप्रद सेयर निस्कासन गर्नका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई निस्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
बैंकले अहिलेको पूँजीको दुई अर्ब ९७ करोड ८५ लाख तीन हजार ४३३ रुपैयाँ बराबरको हकप्रद निस्कासन गर्ने छ ।
हकप्रद निस्कासनपछि चुक्ता पूँजी सात अर्ब नाघ्ने छ । बैंकले बाँकी पूँजी चालु बर्षको नाफा र थप हकप्रद निस्कासन गरेर पुर्याउने रणनीति लिएको छ ।
तपाईको प्रतिक्रिया