logo

महुली सामुदायिक लघुवित्तको शेयर आवेदन दिने आज अन्तिम दिन

    1197   पटक पढिएको

१६ पुस/ अर्थ र व्यापार - महुली सामुदायिक लघुवित्त (MSLB) ले निष्काशन गरेको चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने पुस १६ गते सोमबार अन्तिम दिन रहेको छ । लघुवित्तले मंसिर ११ गते देखि २स्१ अनुपातमा तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । कार्तिक २७ सम्म कायम शेयरधनीले मात्र आवेदन गर्न पाउने
लघुवित्तले हकप्रद निष्काशन गर्न कार्तिक २८ गते शेयरधनी दर्ता किताब बन्द गरेको थियो । यसअनुसार कार्तिक २७ गतेसम्म कायम शेयरधनीले मात्र लघुवित्तको हकप्रद खरिद गर्न सक्नेछन् ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । हकप्रदका लागि धितोपत्र बोर्डबाट आश्वा सदस्य अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो शेयर मार्फत पनि आवेदन गर्न सकिनेछ । यसका अतिरिक्त सनराइज क्यापिटल कमल पोखरी तथा माहुली लघुवित्तको सबै शाखा कार्यालयबाट समेत हकप्रद आवेदन फारम बुझाउन सक्ने व्यवस्था छ । हाल ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ५० प्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी ९ करोड रुपैयाँ पुग्नेछ ।

मंसिर १५ गते आइतबार लघुवित्तको प्रतिकित्ता शेयर प्रतिकित्ता १५४० रुपैयाँमा कारोबार भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा महुलीले ८५ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी ५७ रुपैयाँ १ पैसा कायम गरेको छ । सप्तरीमा मुख्य कार्यालय रहेको लघुवित्तले गत बैशाखमा एक करोड २० लाख रूपैयाँको साधारण शेयर निष्काशन गरेको थियो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।