३० मंसिर/अर्थ र व्यापार– माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थमुभर्सबीच सहुलियत कर्जा उपलब्ध गराउने सम्वन्धी सम्झौंता भएको छ ।
सम्झौंतापछि अर्थमुभर्सले बेच्ने जेसीबी ब्राण्डका हेभि इक्विपमेन्ट खरीदमा बैंकले सहज र सरल कर्जा दिनेछ ।
सम्झौंतापत्रमा कम्पनीका अध्यक्ष विष्णुकुमार अग्रवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।
देशभर रहेका डिलरबाट जेसीबी ब्राण्डका हेभि इक्विपमेन्ट किन्न सहुलियत कर्जा दिइने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया