२६ मंसिर/अर्थ र व्यापार– माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा थप ६शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा सेवा प्रवाह गर्ने उद्धेश्यले बैंकले शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकले स्याङजा जिल्लाको पुतलिबजार न.पा.–१२, पेल्काचौर, कपिलबस्तु जिल्लाको शिवराज न.पा.–०१, शिवपुर, जिल्लाकै बुद्घभुमि न.पा.–०९, बिजगौरी, कन्चनपुर बेलौरी न. पा.–०३, गोकुलपुर, दार्चुला जिल्लाको व्यास गा.पा.–०६, हुटी र जिल्ला कै मलिकार्जुन गा.पा.–०६, उकुमा गरि थप ६ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकले १६० वटा शाखाहरु, १४१ शाखा रहित र २ सय एटीएमहरु मार्फत सेवा दिइरहेको छ ।
तपाईको प्रतिक्रिया