२७ पुस/ अर्थ र व्यापार - प्रभु बैंकले मास्टर कार्ड सञ्चालनमा ल्याएको छ । डिजिटल पेमेन्ट क्षेत्रमा ख्याति प्राप्त अन्तराष्ट्रियस्तरको कार्ड कम्पनी मास्टरकार्ड र प्रभु बैंकको साझेदारीमा इएमभी चिप कार्ड सञ्चालनमा ल्याएको हो ।
बैंकका प्रमुख कायर्कारी अधिकृत अशोक शेरचनले मास्टरकार्डसँगको साझेदारीमा यो कार्ड सेवा सञ्चालनमा ल्याएको तथा यस कार्डबाट प्रभु बैंकका ग्राहकहरुले सुरक्षित र सरल तरिकाबाट बैंकिङ कारोबार गर्न सक्ने बताए ।
मास्टर कार्ड दक्षिण एशिया डिभिजन प्रमुख पोरुस सिंहले प्रभु बैंकसँगको साझेदारीमा नेपालमा कार्ड सेवा विस्तार गर्न पाएकोमा खुशी ब्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकका अध्यक्ष देविप्रकाश भट्टचनले अन्तराष्ट्रिय सञ्जाल रहेको मास्टरकार्ड मुख्य एजेण्टको रुपमा रहेको प्रभु बैंकले भविष्यमा थप सहायक एजेण्टहरु नियुक्त गर्दै जाने योजना रहेको बताए ।
तपाईको प्रतिक्रिया