logo

आठ महिनाको विवरणमा हिमाली क्षेत्रमा ५.५ प्रतिशत मूल्यवृद्धि

    802   पटक पढिएको

४ बैशाख /अर्थ र व्यापार –नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनाको विवरणमा हिमाली क्षेत्रमा ५.५ प्रतिशत मूल्यवृद्धि भएको पाइएको छ ।  देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’मा  क्षेत्रगत उपभोक्ता मुद्रास्फीतिअनुसार पहाडी क्षेत्रमा ४.६, काठमाण्डौ उपत्यकामा ४.६ र तराईमा ३.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ६.०, ५.६, ४.५ र ६.३ प्रतिशत रहेको थियो ।

यही अवधिमा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा उक्त मुद्रास्फीति ६.३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति गएको फागुनमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ र भारतको २.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा नेपालको मुद्रास्फीति छ र भारतको ४.३ प्रतिशत रहेको थियो । 

थोक मुद्रास्फीति २०७५ साल फागुन महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ५.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति २.३ प्रतिशत रहेको थियो । पेट्रोलियम पदार्थ, तयारी पोशाक, यातायात तथा उपकरण र पार्टसलगायत वस्तुका मूल्यमा भएको वृद्धिले थोक मुद्रास्फीति बढ्न गएको बैंकले जनाएको छ । 

राष्ट्र बैंकको विवरणअनुसार चालू आवको आठ महिनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा पाँच खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको छ ।  अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.५ प्रतिशतले बढेको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।