५ माघ / अर्थ र व्यापार - चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा मञ्जुश्री फाइनान्सले १४ करोड ३३ लाखरुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १ करोड ९६ लाख रुपैयाँ मात्र खुद नाफा कमाउन फिल भएको थिया । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा फाइनान्सको नाफा १२ करोड ३६ लाखरुपैयाँ बढी हो ।
पुस मसान्तसम्ममा फाइनान्स कम्पनीले ५ अर्ब ४० करोड ४७ लाख निक्षेप सङ्कलन गरी ५ अर्ब ५० करोड ६२ लाख कर्जा प्रवाह गरेको छ । १९ करोड ६९ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ ।
चालु आथिृक वर्षको दोस्रो त्रैमासमा फाइनान्सको सञ्चालन मुनाफा १० करोड १ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा फाइनान्सको संचालन मुनाफा ७ करोड ३६ लाख रुपैयाँ बढी हो ।
फाइनान्सको मूल्य आम्दानी अनुपात पुस मसान्तमा ४.८२ गुणा कायम भएको छ भने प्रति शेयर नेटवर्थ १२१.७१ रुपैयाँ रहेको छ ।
तपाईको प्रतिक्रिया