logo

अब मनीषा कोइराला एनआईसी एशिया बैंकको ब्राण्ड एम्बासडर 

    1766   पटक पढिएको

२९ असार / अर्थ  र व्यापार – एनआईसी एशिया बैंकले आफ्नो सेवाको २० औं वर्ष प्रवेश गर्न लागेको अवसरमा चलचित्र क्षेत्रमा समर्पित राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय चलचित्र क्षेत्रकी सफल नायिका मनीषा कोईरालालाई आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालालाई आगामी दुई वर्षका लागि ब्राण्ड एम्बासडर नियुक्त गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । हाल यस बैंकको अधिराज्यभर १ सय १७ शाखा कार्यालयहरु सञ्चालनमा रहेको छ । बैंंकको तेस्रो त्रैमासको रिपोर्ट अनुसार बैंकको चुक्ता पुँजीमा ६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

बैंकको निक्षेप ७८ अर्ब ९९ करोड र ६७ अर्ब २५ करोड कर्जा लगानी भएको छ । बैंकको पुँजी लागत बढेर ५.२९ प्रतिशत पुगेको छ ।

नेपालका दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा समेत अफ्नो सशक्त पहुँच पुर्याउँदै सम्पूर्ण ग्राहकमा सर्वोत्कृष्ट सेवा तथा प्रतिफल प्रदान गरी बैंकिङ्ग क्षेत्रको इतिहासमा पृथक पहिचान स्थापित गर्न सफल एनआईसी एशिया बैंक र करिब तीन दशकसम्मको लामो कलाकारिता यात्रामार्फत् ख्याती आर्जन गरेकी नायिका कोइरालाबीचको सहकार्यले बैंकको व्यबसाय र सेवा प्रर्बद्धनमा सहयोग पुग्ने बैंकले अपेक्षा गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।